रद्द भयो राहुल गान्धीको सांसद पद

हिमाल प्रेस १० चैत २०७९ १५:१७ | Friday, March 24, 2023
रद्द भयो राहुल गान्धीको सांसद पद

चार वर्ष पुरानो मानहानि मुद्दामा भारतको एक अदालतले दुई वर्ष कैद सजाय सुनाएपछि कंग्रेस नेता राहुल गान्धीको सांसद पद रद्द भएको छ।

लोकसभा सचिवालयले एक सूचना जारी गर्दै २३ मार्च (बिहीबार)देखि लागू हुने गरी राहुल सांसद हुन अयोग्य रहेको जनाएको हो। भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सचिवालयले यस्तो निर्णय गरेको हो।

राहुल गान्धीविरुद्ध गुजरातको सुरतस्थित एक अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दोषी देखाउँदै २ वर्षको कैद सजाय तोकेको थियो। अदालतले उनीविरुद्ध १५ हजारको जरिबाना पनि सुनाएको छ। साथै सजायलाई ३० दिनका लागि भने स्थगित गरिएको छ।

राहुलले ३० दिनभित्र सो फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्नेछन्। सन् २०१९ मा ‘मोदी’ थरलाई लिएर राहुलले विवादास्पद टिप्पणी गरेका थिए। उनले नीरब मोदी, ललित मोदी र अन्यको नाम लिएर ‘कसरी सबै चोरहरूको थर मोदी हुन्छ?’ भनेका थिए। त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो। नीरब पञ्जाब नेसनल बैंक घोटाला र ललित मनि लन्ड्रिङ मुद्दामा अभियुक्तहरू हुन्। -बीबीसी हिन्दी

प्रकाशित: १० चैत २०७९ १५:१७ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast