म्यानमारमा १३ मिलियन डलर बराबरको लागूऔषध बरामद

हिमाल प्रेस ११ मंसिर २०७९ २१:०५ | Sunday, November 27, 2022
म्यानमारमा १३ मिलियन डलर बराबरको लागूऔषध बरामद सांकेतिक तस्बिर।

काठमाडौँ– म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागूऔषध) जफत गरेको छ।

राज्यसञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार लागुऔषधविरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वीशान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागूऔषध बरामद गरेको हो।

कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन-५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत कारबाही सिफारिस गरिएको छ। सो घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०७९ २१:०५ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast