लागूऔषधसहित १३ पक्राउ

हिमाल प्रेस २ वैशाख २०८३ ९:१५ | Wednesday, April 15, 2026
8
SHARES
लागूऔषधसहित १३ पक्राउ फाइल तस्बिर।

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद रु १३ हजारसहित सोही नगरपालिका–९ का मनिष श्रेष्ठ, सोही नगरपालिका–९ चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार, सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १०८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो ।

यसैगरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट दुई, सोही उपमहानगरपालिकाको वडा – ७ बाट एक, इटहरी उपमहानगरपालिका–६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका–५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरू सोमबार र मङ्गलबार पक्राउ परेका हुन् । रासस

 

प्रकाशित: २ वैशाख २०८३ ९:१५ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast