बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

हिमाल प्रेस ९ चैत २०७९ १३:०९ | Thursday, March 23, 2023
बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

काठमाडौँ- बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका सदस्यहरूले एनएमबि बैंकको भ्रमण गरेका छन्।
भ्रमणको नेतृत्व ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका अध्यक्ष सारा च्याम्पियनले गरेकी थिइन्।

एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँग वित्तीय सहकार्य रहेको छ।
सोही सहकार्यको प्रगति र एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिन टोलीले भ्रमण गरेको जनाइएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिलाई दिगो बैंकिङ अभ्यास, यसको कार्यान्वयन पाटो र प्रगति विवरणबारे ‘ब्रिफिङ’ गरेका थिए।
प्रतिनिधिहरूले एनएमबि बैंकले जलविद्युत् परियोजनामार्फत मुलुक र समुदायको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

प्रकाशित: ९ चैत २०७९ १३:०९ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast