आइएमई मोटर्स र नबिल बैंकबीच कर्जासम्बन्धी सम्झौता

हिमाल प्रेस ८ चैत २०७९ १६:२६ | Wednesday, March 22, 2023
आइएमई मोटर्स र नबिल बैंकबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौँ- आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको छ। सम्झौतापत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्राहकले अशोक लेल्यान्डका सवारीसाधन खरिदका लागि बैंकका कुनै पनि शाखाबाट कर्जा लिन सक्नेछन्। अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सका देशभरका १७ शोरुमबाट उक्त सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ।

बैंकले अशोक लेल्यान्डका सवारीसाधन खरिदका लागि सुलभ ब्याजदरमा अधिकतम ७० सवारीसाधनको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने सम्झौतामा उल्लेख छ।

नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने आइएमई मोटर्सले कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: ८ चैत २०७९ १६:२६ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast