काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो।
आज सुन तोलाको एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। उक्त सुन मंगलबार तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: ८ चैत २०७९ १२:०४ | Wednesday, March 22, 2023
प्रतिक्रिया



