एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटघाट

हिमाल प्रेस ११ मंसिर २०७९ १८:२७ | Sunday, November 27, 2022
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटघाट

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटघाट भएको छ। निर्वाचन परिणाम जारी रहेको बेला दुई नेताबीच भेटघाट भएको हो।

कांग्रेस नेता सिंह पनि पार्टीभित्र संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री हुने चाहनामा छन्। त्यसो त एमाले अध्यक्ष ओली भने अहिलेको गठबन्धन भत्काएर गठबन्धनमा भएको माओवादीलाई एमालेसँग मिलाएर सरकार बनाउने कसरतमा छन्। यस्तो समयमा दुई नेताबीच भेट भएको हो।

नेता सिंहका सहयोगी युपी लामिछानेले दुई नेताबीच चुनाव जितिसकेपछि बधाई साटासाटका लागि भेट भएको जानकारी दिए। ‘उहाँहरूबीच पहिले पनि भेट हुन्थ्यो। आज साँझ पनि चुनाव जितिसकेपछि उहाँहरूको भेट भएको हो,’ उनले भने, ‘भेटमा बधाई साटासाटसँगै राष्ट्रिय राजनीतिको विषयमा कुरा भयो।’

प्रकाशित: ११ मंसिर २०७९ १८:२७ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast