काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अहिलेको राजनीति सिद्धान्तहिन बनेको दाबी गरे। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘खाली गठबन्धन, साँठगाँठ, पैसाको चलखेर र सत्तालिप्सामात्रै राजनीति होइन। तर अहिले सबै दलहरूको क्रियाकलाप यस्तै देखिएको छ,’ उनले भने।
उनले सांसद र मन्त्रीहरूले उपत्यकामा घर-जग्गा किन्न नपाउने कानुन नबनाएसम्म सन्तुलित विकास हुन नसक्ने जिकिर गरे।
युक्रेन-रुस युद्धमा नेपालले आफ्नो अडान स्पष्ट नराखेर त्यहाँको युद्धलाई एसियातिर सार्न मौन रूपमा स्वीकृति दिइरहेको उनले दाबी गरे।
प्रकाशित: ६ चैत २०७९ १६:२१ | Monday, March 20, 2023
प्रतिक्रिया



