तस्बिरः रासस
इटहरी- सुनसरी ४ मा मतगणनाको विषयमा भएको विवाद अझै समाधान हुन सकेको छैन। विवाद समाधानका लागि बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। झन्डै चार घन्टा चलेको बैठकले पनि समाधान निकाल्न नसकेको हो।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसयैतबीच मुख्य प्रतिस्पर्धा छ। यहाँ एमाले मतगणना सुरु गर्नुपर्ने पक्षमा छ भने कांग्रेस पुन मतगणनाको पक्षमा छ।
प्रकाशित: ११ मंसिर २०७९ १४:०३ | Sunday, November 27, 2022
प्रतिक्रिया




