कांग्रेस संसदीय दलको बैठक सुरु

हिमाल प्रेस ५ चैत २०७९ १२:४० | Sunday, March 19, 2023
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज दिउँसो १ बजे बस्ने संसद्‌ बैठकबाटै प्रतिपक्षी बेन्चबाट हटेर सत्तापक्षी बेन्चमा बस्ने निर्णय गरिसकेको छ।

उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेर संसदीय दललाई सोहीअनुसारको निर्देशन पनि दिएको छ।

कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयलगायत विषयमा छलफल गर्न अहिले संसदीय दलको बैठक बसेको हो।

यो पनि 

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

 

 

प्रकाशित: ५ चैत २०७९ १२:४० | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast