सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

हिमाल प्रेस ५ चैत २०७९ ११:५१
88
SHARES
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेस पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आइतबार बानेश्वसरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकले सरकारमा सहभागी हुनेहरूको मापदण्ड बनाएको छ। योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा नयाँ मन्त्री बन्ने महतको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले सोमबार (चैत ६ गते भोलि) विश्वासको मत लिने संसद्‌को कार्यसूची छ। बैठकले संसदीय दललाई पनि प्रचण्डलाई विश्वासको मत दिन निर्देशन गरेको छ।

मन्त्रालयको भागबन्डा भने सत्तारुढ गठबन्धन दलबीच छलफल गरेर टुंगो लगाइने विषयमा पनि छलफल भएको उनको भनाइ छ।

प्रकाशित: ५ चैत २०७९ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =