खानेपानी वितरणमा राजनीति नगर्न कर्मचारीलाई मन्त्री खानको निर्देशन

हिमाल प्रेस ४ चैत २०७९ १९:१६ | Saturday, March 18, 2023
खानेपानी वितरणमा राजनीति नगर्न कर्मचारीलाई मन्त्री खानको निर्देशन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

नेपालगञ्ज– खानेपानीमन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्।

नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रूपमा काम गरिरहेको उनको भनाइ छ।

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक भएको संविधानमै व्यवस्था छ। यो जनताको मौलिक हक भएकाले म यसका लागि अनवरत रूपमा काम गर्दैछु,’ उनले भने।

खानेपानी मन्त्रालयअन्तर्गतका निकायले राजनीतिकरण नगरी जनतालाई सहज तरिकाले घर-घरमा स्वच्छ खानेपानी पुर्‍याउने कार्यमा दत्तचित्त भएर लाग्न मन्त्री खानले निर्देशनसमेत दिए।

नेपालका खोलानालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गरेर देशको आर्थिक समृद्धिमा योगदान दिन सक्ने उनले उल्लेख गरे।

‘मिनरलयुक्त’स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले बताए।

‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौँ भने हाम्रो देशको हितमा धेरै ठूलो योगदान हुनसक्छ,’ उनले भने।

प्रकाशित: ४ चैत २०७९ १९:१६ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast