नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘आग्रे’

हिमाल प्रेस ११ मंसिर २०७९ १२:०० | Sunday, November 27, 2022
4
SHARES
नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘आग्रे’

काठमाडौँ- नेपाली वृत्तचित्र ‘आग्रे’ ‘नेपाल ह्‍युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभल २०२२’मा छनोट भएको छ।

अनिल बुढामगरको निर्देशनमा बनेको वृत्तचित्रमा रोल्पाको जेलबाङ गाउँको कथा छ। वर्षौंदेखि फलाम खानीमा काम गर्ने रोल्पाली वृद्धको संघर्ष त्यसमा देखाइएको छ।

जेलबाङलाई २०४६ सालदेखि हिमाली फलाको व्यापारिक केन्द्र मानिन्थ्यो। नेपाल सकरारले खानी बन्द गरेपछि गाउँलेको जीवनमा परेको असरलाई डकुमेन्ट्रीमा देखाइएको छ।

नेपाल ह्यमुन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभल २०१० यता चल्दै आएको छ। यो महोत्सवको १० औँ संस्करण हो। महोत्सव १८ देखि २१ डिसेम्बर २०२२ सम्म हुनेछ।

महोत्सवमा मानवअधिकारका विषयमा बनेका विश्वभरका ४० भन्दा बढी छनोट गरिएका फिल्म प्रदर्शन गरिने छन्।

‘आग्रे’ अहिलेसम्म विभिन्न १५ देशका फिल्म फेस्टिबलमा प्रदर्शन भइसकेको छ। तीमध्ये चार वटामा यसले अवार्डसमेत जितिसकेको छ।

यसअघि जर्जियामा भएको ‘मेस्टिया इन्टरनेसनल सर्ट एन्ड माउन्टेन फिल्म फेस्टिभल’मा ‘आग्रे’ले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो।

प्रकाशित: ११ मंसिर २०७९ १२:०० | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast