प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ३ चैत २०७९ १९:३८ | Friday, March 17, 2023
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

जंगी अड्‌डामा शुक्रबार (आज) आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको उक्त पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरूलाई सेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका ३३ जनामध्ये शान्ति सेनामा खटिएकाबाहेक २७ जनालाई शुक्रबार सेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेका हु्न।

कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतका परिवारजनको उपस्थिति थियो।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवम् अनुभव हासिल गरेका पदिकहरूको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको र सकलदर्जाको हौसला अभिवृद्धि हुन पुगेको विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ३ चैत २०७९ १९:३८ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast