सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि

हिमाल प्रेस ३ चैत २०७९ १२:३४ | Friday, March 17, 2023
सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि

काठमाडौं- साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार)नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ।

शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ४०० रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: ३ चैत २०७९ १२:३४ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast