महोत्तरी : आगालागीमा परेर महिलाको मृत्यु

हिमाल प्रेस २ चैत २०७९ ७:११ | Thursday, March 16, 2023
महोत्तरी : आगालागीमा परेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- महोत्तरीको बलवामा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ। बलवा नगरपालिका ४ परौल निवासी ५० वर्षीया चन्दर देवीको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आगोले जलेर गम्भीर घाइते भएकी उनको उनको उपचारको क्रममा बुधबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। गत शनिबार स्थानीय रामसागर यादवको घरमा आगलागी हुँदा चन्दरसहित दुईजना गम्भीर घाइते भएका थिए।

आगलागीमा परी घाइते भएका ५२ वर्षीय जयकरण यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौँ लगिएको छ।

प्रकाशित: २ चैत २०७९ ७:११ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast