परिवर्तनलाई उल्ट्याउने खतरा बढ्यो : प्रधानमन्त्री

हिमाल प्रेस २९ फागुन २०७९ १३:५६ | Monday, March 13, 2023
परिवर्तनलाई उल्ट्याउने खतरा बढ्यो : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने खतरा बढेको बताएका छन्। सोमबार पद्योदय विद्यालयको हीरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले परिवर्तन उल्ट्याउने खतरा बढे पनि डराउनु पर्ने अवस्था नरहेको बताए।
उनले मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरेको र उनीहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए।

उनले भने, ‘हामीले संघीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो । संघीय शिक्षा ऐनलाई यसै सदनमा प्रश्तुत गर्ने र छिटो भन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु।’ प्रचण्डले भने,‘मैले भर्खरै क्याबिनेटबाट जनयुद्धका, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।’

प्रकाशित: २९ फागुन २०७९ १३:५६ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast