सात महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २८ फागुन २०७९ १५:४६ | Sunday, March 12, 2023
सात महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८०को पहिलो सात महिनामा करिब ७ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सात महिनाको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो।

उक्त रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९को भन्दा २७.१ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्षको सो अवधिमा ४.४ प्रतिशतले रेमिट्यान्स घटेको थियो।

चालू आर्थिक वर्षको सात महिनामा अमेरिकी डलर ५ अर्ब ३० करोड रुपैयाँ बराबर रेमिट्यानस भित्रिएको नेपाल राष्ट्र बैंकको वित्तीय विवरणमा उल्लेख छ।

अमेरिकी डलरमा रेट्यिान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा विदेश जानका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेको छ।

सो अवधिमा ३ लाख १४ हजार ७६७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको राष्ट्र बैंकको विवरण छ।

पुनः श्रम स्वीकृति लिनेको संख्या सात महिनामा १०.१ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म पुनः श्रम स्वीकृति १ लाख ६७ हजार ७०८ जनाले लिएका छन्।

प्रकाशित: २८ फागुन २०७९ १५:४६ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast