उपराष्ट्रपति जित्‍नकै लागि मेरो उम्मेदवारी : प्रमिला कुमारी

हिमाल प्रेस २७ फागुन २०७९ १७:३३ | Saturday, March 11, 2023
उपराष्ट्रपति जित्‍नकै लागि मेरो उम्मेदवारी : प्रमिला कुमारी

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोलि) थाहा हुने बताएकी छन्।

शनिबार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएकी हुन्।

पार्टीबाट उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवारी परेको भन्दै उनले आधिकारिक उम्मेदवार को हुने भन्ने आइतवार(भोलि) थाहा हुने जनाइन्।

आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको प्रतिक्रिया दिइन्। आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाइ छ।

‘मेरो उम्मेदवारी जित्नकै लागि हो। प्रतिस्पर्धा गर्नुपर्‍यो। आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ। मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो। हामी दुवै जनाको इच्छा भयो त्यसैले दुइजनाको उम्मेदवारी पर्‍यो। यसमा पार्टीले निर्णय गर्छ। पार्टीको निर्णय म फलो गर्छु,’ उनले भनिन्।

उपराष्ट्रपति निर्वाचन आफूले जित्ने उनले विश्वास व्यक्त गरिन्।

प्रकाशित: २७ फागुन २०७९ १७:३३ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast