माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित छन् : केपी ओली

हिमाल प्रेस २६ फागुन २०७९ १६:०६ | Friday, March 10, 2023
माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित छन् : केपी ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

विधि र प्रक्रियाभन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो। शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको सपथग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे।

अध्यक्ष ओलीले दुईतिहाइ पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताए। खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे।

निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसारको अघि बढ्न खेलाडीहरुको ध्यानाकर्षण गराए।

‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए। विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे। सबै गरे,’ ओलीले भने, ‘तर तिनीहरुले वास्ताविक सफलता हासिल गर्न सकेनन्। क्रियशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नु पर्दछ। श्रेष्ठता हासिल बेइमानीले हुँदैन। इमान्दार प्रयासबाट हुन्छ। त्यसकारण मैले सुरुमै भने सफलताको पूँजी, सफलताको रहस्य इमान्दार प्रयास हो।’

प्रकाशित: २६ फागुन २०७९ १६:०६ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast