माओवादी घटकको बैठक आज पनि बस्दै

हिमाल प्रेस २६ फागुन २०७९ ७:४३ | Friday, March 10, 2023
माओवादी घटकको बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा माओवादी घटकको बैठक आज पनि बस्ने भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ।

पार्टी एकतासाथै जनयुद्धका घटनाका विषयमा साझा धारणा बनाउन बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले जनयुद्धको विषयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता गर्न मिल्ने आदेश दिएसँगै माओवादी घटक बाक्लै बैठक बसिरहेका छन्। गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो।

प्रकाशित: २६ फागुन २०७९ ७:४३ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast