काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ। बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए।
उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।
प्रकाशित: २६ फागुन २०७९ ७:३० | Friday, March 10, 2023
प्रतिक्रिया




