काठमाडौँ- मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका डा. सुनिल शर्मा निर्वाचित भएका छन्।
शर्माले निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतको फराकिलो अन्तरले हराएका हुन्।
शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका थिए। यस्तै राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत ल्याएकी छन्।
प्रकाशित: १० मंसिर २०७९ ८:३४ | Saturday, November 26, 2022
प्रतिक्रिया



