सनसिल्क दसैँ भाइब्स–२ का विजेता घोषणा

हिमाल प्रेस ९ मंसिर २०७९ १४:४० | Friday, November 25, 2022
सनसिल्क दसैँ भाइब्स–२ का विजेता घोषणा

काठमाडौँ- सनसिल्क नेपालले दसैँको अवसरमा सञ्चालन गरेको ‘सनसिल्क दसैँ भाइब्स’ अभियानका विजेता घोषणा गरेको छ। सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै २०२२ सेप्टेम्बर १ देखि ‘डबल सेलिब्रेशन’ नाराका साथ ‘सनसिल्क दसैँ भाइब्स–२’ सञ्चालन गरिएको थियो। अभियानमा ३ हजार ७३२ प्रतियोगी सहभागी भएका थिए। प्रतियोगितामा सहभागी बन्न आफ्नो ‘हेयर स्टाइल’को फोटो वा भिडियो पठाउनुपर्ने थियो।

जसमा उत्कृष्ट भएका तीन जनाले एक/एक लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने अवसर दिइएको छ। त्यस्तै एक वर्षको लागि सनसिल्कको प्याकमा प्रस्तुत हुने अवसर पनि दिएको कम्पनीले जनाएको छ।

दसैँ भाइब्स–२ मा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता भएका छन्। यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य डिजिटल माध्यममा १०० मिलियनभन्दा बढी भ्युज पाएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १४:४० | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast