राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

हिमाल प्रेस १६ फागुन २०७९ २०:५५ | Tuesday, February 28, 2023
राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घिमिरे मंगलबार शितल निवास पुगेका थिए। राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आगामी फागुन २६ गते बहराइन जाँदैछन्। आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ।

प्रकाशित: १६ फागुन २०७९ २०:५५ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast