कर्णाली प्रदेशमा स्कुल टु ओलम्पिक खेल सुरु

हिमाल प्रेस १५ फागुन २०७९ २१:०८ | Monday, February 27, 2023
कर्णाली प्रदेशमा स्कुल टु ओलम्पिक खेल सुरु

सुर्खेत– कर्णाली प्रदेशमा स्कुल टु ओलम्पिक खेल सुरु भएको छ। नेपाल ओलम्पियन संघ तथा कर्णाली प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीलाई खेल क्षेत्रमा लाग्नका लागि प्रोत्साहान गर्न स्कुल टु ओलम्पिक कार्यक्रमको सुरु गरिएको हो।

नेपालको कीर्तिमानी खेलाडीमा चिनिएका र ओलम्पिकमा सहभागिता जनाएका खेलाडीले विद्यार्थीलाई खेलकुद क्षेत्रमा लाग्न उत्प्रेरित गर्नका लागि स्कुल टु ओलम्पिक कार्यक्रम ल्याइएका हुन्।

कर्णाली प्रदेशमा ५ जना ओलम्पियनहरूले आफ्नो अनुभव र संघर्षको कथा विद्यार्थीहरूलाई सुनाएका छन्। ओलम्पियनका भनाइले विद्यार्थीलाई खेल क्षेत्रमा लाग्न प्रोत्साहान गर्नेमा सहयोग हुने बताइएको छ।

ओलम्पिकमा खेल्नका लागि स्कुल जीवनदेखि नै सपना देख्नुपर्ने भन्दै ओलम्पियनहरूले अहिले स्कुलहरूमा आफ्नो खेल जीवनका अनुभूतिहरू युवा विद्यार्थी खेलाडीलाई प्रत्यक विद्यालयमा गएर सुनाउन थालेका छन्।

कीर्तिमानी खेलाडीसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरू हर्षित भएका छन्।

विद्यार्थीले उनीहरूसँग कुराकानी गर्दै प्रश्नोत्तरसमेत गरेका छन्। यसले आगामी दिनमा खेल क्षेत्रको माहोल बढाउन मदत्त पुग्ने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य महासचिव विश्वमित्र सञ्जलले बताएका छन।

स्कुल टु ओलम्पियन कार्यक्रममार्फत युवालाई खेलकुदमा उत्प्रेरित गराउन अभियान थालिएको हो। यसले आगामी दिनमा खेल क्षेत्रमा टेवा पुग्ने नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बताएका छन्।

आयोजित‘स्कुल टु ओलम्पिक अभियान’का क्रममा महिला ओलम्पियन देवु थापालगायत ४ जना ओलम्पियनले आफ्नो खेल जीवनका अनुभव सुनाएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन संघको संयोजनमा भएको उक्त कार्यक्रममा हरि रोकाय, दीपक हमाल, कमल अधिकारी र दीपक विष्टले पनि आ-आफ्ना अनुभव सुनाएका थिए।

सुदूरपश्चिमदेखि सुरु भएको स्कुल टु ओलम्पियन कार्यक्रम कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला र सुर्खेतमा पनि सुरु हुनुका साथै बाँकी प्रदेशमा पनि सञ्चालन हुने भएको छ।

प्रकाशित: १५ फागुन २०७९ २१:०८ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast