सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्च अदालतको अनुमति

हिमाल प्रेस १५ फागुन २०७९ १७:४२ | Monday, February 27, 2023
सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्च अदालतको अनुमति फाइल तस्बिर

काठमाडौँ– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान पाउने गरी आदेश दिएको छ। आइतबार उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीपले विदेश जान पाउनुपर्ने माग राखेर दिएको निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेशलाई सदर गरेको हो। उच्च अदालतले नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो।

उच्च अदालतले सन्दीपलाई विदेश जान भने अनुमति दिने आदेश गरेको थिएन। सर्वोच्चले सन्दीपले अब विदेशमा हुने प्रतियोगिता खेल्न गए पनि उक्त प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुन पनि भनेको छ।

प्रकाशित: १५ फागुन २०७९ १७:४२ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast