‘बुलाकी’का निर्देशक सम्मानित

हिमाल प्रेस १५ फागुन २०७९ १२:२३ | Monday, February 27, 2023
‘बुलाकी’का निर्देशक सम्मानित

काठमाडौँ- आगामी बैशाख १ मा प्रदर्शन हुने फिल्म ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनार सम्मानित भएका छन्। उनी भारतमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा म्युजिक भिडियो अन्तर्गत ‘रेलको बाटो’ मार्फत उत्कृष्ट भिडियो निर्देशकको रूपमा सम्मानित भएका हुन्।

भारतमा भएको ‘बाबासाहेब डा. बीआर अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा ‘रेलको बाटो’ ले पाएको उत्कृष्ट ५ अवार्डमा आफूपनि सम्मानित भएको उनले बताए। उनीसहित यस गीतले उत्कृष्ट भिडियो, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको निर्देशक सुनारले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

यो गीतको भिडियो २१ मार्च २०२१ मा आहा टिभी युट्युव च्यानलमार्फत सार्वजनिक भएको थियो। सुरज पण्डितको स्वर तथा संगीत र लेखराज गिरीको शब्द रहेको गीतकोे भिडियोमा चिरञ्जीवि सापकोटा, सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ।
गीतले कर्णालीका विकट जिल्लामा बसोबास गर्ने नेपालीहरूले भोग्नुपरेको समस्यालाई भिडियो र शब्दले कैद गरेको छ। यस गीतको भाग दुई ‘सिंहदरबार’ पनि सार्वजनिक भइसकेको छ।
‘रेलको बाटो’ महोत्सवको प्रेरक म्युजिक भिडियो अन्तर्गत विजेता बनेको उनले बताए।

 

प्रकाशित: १५ फागुन २०७९ १२:२३ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast