‘बुलाकी’ ट्रेलर : निःसन्तान सुरक्षा

हिमाल प्रेस १६ चैत २०७९ १८:२९
‘बुलाकी’ ट्रेलर : निःसन्तान सुरक्षा

काठमाडौँ- फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्ममा मुख्य भूमिकामा रहेकी सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरीलगायत कलाकार अटाएका छन्।
तीन मिनेट लामो ट्रेलरमा निःसन्तान महिलाको पीडा देख्न सकिन्छ। बाँझोपनको दोष सधैँ महिलालाई नै दिने प्रवृत्ति पनि त्यहाँ छ। जारी प्रथामा आधारित फिल्ममा निःसन्तान भएकै कारण घरपरिवारबाट दुःख पाएको र पारिवारिक मनमुटाव ट्रेलरमा छ। लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म वैशाख १मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १६ चैत २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =