‘अति आवश्यक’ काम बाहेकमा हेलिकप्टर नचढ्ने संस्कृति मन्त्री किरातीको उद्घोष

हिमाल प्रेस १५ फागुन २०७९ १०:२६ | Monday, February 27, 2023
‘अति आवश्यक’ काम बाहेकमा हेलिकप्टर नचढ्ने संस्कृति मन्त्री किरातीको उद्घोष फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन्। घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ। देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ।’

उनले लेखेका छन्,‘त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु। ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ। आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन। घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ। धन्यवाद।’

प्रकाशित: १५ फागुन २०७९ १०:२६ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast