नेविसंघ सुनसरी सभापतिमा भट्टराई

हिमाल प्रेस १५ फागुन २०७९ ९:१६ | Monday, February 27, 2023
नेविसंघ सुनसरी सभापतिमा भट्टराई

इटहरी- नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीको सभापतिमा प्रमोद भट्टराई चयन भएका छन्। नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराईलाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन्।

नेपाल विद्यार्थी संघको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिनाभित्र जिल्ला अधिवेशन गराउने गरी इटहरी-५ निवासी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो।

जिल्ला सभापतिमा चयन भएपछि उनले विद्यार्थीको भावनालाई आत्मसात् गर्दै संगठनको विधिअनुरूप काम गर्ने उनले बताए।

प्रकाशित: १५ फागुन २०७९ ९:१६ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast