सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पनि सुनुवाइ हुने

हिमाल प्रेस १४ फागुन २०७९ १७:१८ | Sunday, February 26, 2023
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पनि सुनुवाइ हुने फाइल तस्बिर

काठमाडौँ- सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आज आइतबार बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। मुद्दामाथि सोमबार पनि बहस हुनेछ।
आज आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो। सोमबार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ।

बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालय र लामिछाने दुवैको निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो।

प्रकाशित: १४ फागुन २०७९ १७:१८ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast