राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : मन्त्री खान

हिमाल प्रेस १२ फागुन २०७९ १९:१३ | Friday, February 24, 2023
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : मन्त्री खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

जनमत पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपति देशको अनुहार भएको भन्दै यसमा विवाद गर्न नहुने उनको भनाइ छ।

‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रूपमा विश्वास राखेका छौँ अहिलेसम्म। मैले अहिलेसम्म थाहा पाएको छैन, हामीसँग छलफल हुने, कसैले हामीलाई डाकेको र कसैले हामीलाई बोलाएको ठूला पार्टीहरूले मलाई थाहा छैन। कांग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यतिधेरै चासोको विषय छैन। किनभने हाम्रो राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने पनि कुरा छैन,’ उनले भने।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरूले आफूहरूसँग कुनै छलफल नगरेका उनले बताए।

प्रकाशित: १२ फागुन २०७९ १९:१३ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast