१४ सयमा बनेको पासपोर्ट २० हजारमा बेचेर सरकार जनता ठगिरहेको छ : रामहरि खतिवडा

हिमाल प्रेस १२ फागुन २०७९ १५:३८ | Friday, February 24, 2023
१४ सयमा बनेको पासपोर्ट २० हजारमा बेचेर सरकार जनता ठगिरहेको छ : रामहरि खतिवडा

काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सर्वसाधारणले पासपोर्ट लिन लाखौं रुपैयाँ खर्च गर्नु परेको भन्दै दु:ख व्यक्त गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘१४ सयमा बनेको पासपोर्ट २० हजार रुपैयाँ लिन मिल्छ? ३ अर्ब यो वर्ष २ अर्ब दैनिक १ करोड रुपैयाँ कमाइरहेको छ, जनता ठगिरहेको छ। सांसद, मन्त्री, राष्ट्रपति, सभामुख, प्रधानमन्त्रीले पसपोर्ट लिँदा पैसा तिर्नु नपर्ने अनि जनताका छोराछोरी, विद्यार्थीले पासपोर्ट लिँदा २० हजार तिर्नुपर्ने? पासपोर्ट लिनका लागि लाइनमा बस्नुपर्ने, सडकमा सुत्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ?,’ उनले भने।

उनले भीआइपीहरूले रातो पासपोर्ट लिँदा सरकारलाई पैसा तिर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे।

प्रकाशित: १२ फागुन २०७९ १५:३८ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast