जनार्दन शर्माले भने : राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाममा सहमति भयो

हिमाल प्रेस १२ फागुन २०७९ १५:१३ | Friday, February 24, 2023
जनार्दन शर्माले भने : राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाममा सहमति भयो फाइल तस्बिर।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको साझा उम्मेदवार बनाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति भइसकेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिनेक्रममा सञ्चारकर्मीसँग उनले साँझ पाँच बजे बस्ने कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले पौडेलको नाममा सहमति भएको औपचारिक निर्णय गर्ने पनि बताएका हुन्।

रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सहमति भयो रे नि भन्ने प्रश्नमा शर्माले भने, ‘पक्कै पनि त्यही हो।’ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले साँझ पाँच बजे चार दलबीच पुन: छलफल हुने र अन्तिम निर्णय गरिने बताएका थिए। शुक्रबार तीन घण्टाबढी चार दलका शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेका थिए।

कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्न सबैलाई प्रस्ताव गरेको छ भने अन्य दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्।

प्रकाशित: १२ फागुन २०७९ १५:१३ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast