बालुवाटारमा पुरानो गठबन्धनका चार दलको बैठक

हिमाल प्रेस १२ फागुन २०७९ ९:४४ | Friday, February 24, 2023
बालुवाटारमा पुरानो गठबन्धनका चार दलको बैठक

काठमाडौँ- बालुवाटारमा चार दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। राष्ट्रपति निर्वाचन नजिकिँदै गएका बेला कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठक बसिरहेको हो।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्।

त्यस्तै बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका वरिष्ठ उपाध्यक्ष एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता छ।

उनीहरूबीच राष्ट्रपतिको उम्मेदवार र पुरानै गठबन्धन ब्युताउँने विषयमा छलफल भइरहेको एक नेताले बताए।

प्रकाशित: १२ फागुन २०७९ ९:४४ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast