सर्लाही : लालबन्दीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

हिमाल प्रेस १२ फागुन २०७९ ९:०३ | Friday, February 24, 2023
सर्लाही : लालबन्दीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु सांकेतिक तस्बिर।

सर्लाही- सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका ७ मा बिहीबार बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया, बारा लगिएको थियो।

 

प्रकाशित: १२ फागुन २०७९ ९:०३ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast