‘चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै समस्या छैन’

हिमाल प्रेस ११ फागुन २०७९ २०:२८ | Thursday, February 23, 2023
‘चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै समस्या छैन’

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका कारण चक्रपथ विस्तारमा कुनै समस्या नरहेको बताएका छन्। बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–वसुन्धारा सडक खण्डकको अवलोकनका क्रममा उनले चक्रपथको कुनै पनि ठाउँमा समस्या नरहेको बताएका हुन्।

उनी अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै चक्रपथ पुगेका थिए। उनले कलंकी–वसुन्धारा सडक खण्डमा १५ वटा पोल हटाउन बाँकी रहेको र ती पोलहरू १५ दिनभित्रमा हटाइसक्ने पनि बताए। ‘यो रिङरोड विस्तारमा कलंकी-चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकेका छौँ’ उनले भने, ‘विद्युत प्राधिकरणको पोलका कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या छैन।’

त्यस्तै काठमाडौँ चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि वसुन्धरासम्म ८ दशमलव २ किलोमिटर सडक खण्डको दोस्रो चरणमा काम सुरु हुन लागेको बताइन्।

प्रकाशित: ११ फागुन २०७९ २०:२८ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast