गहुँको समर्थन मूल्य ‘क्याबिनेट’मा सिफारिस, गतवर्षको भन्दा बढ्यो

हिमाल प्रेस ११ फागुन २०७९ १५:०८ | Thursday, February 23, 2023
गहुँको समर्थन मूल्य ‘क्याबिनेट’मा सिफारिस, गतवर्षको भन्दा बढ्यो

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको न्यूनतम समर्थन मूल्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको छ। कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको सिफारिस अनुसार निर्णय गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यसवर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ प्रतिक्विन्टल सिफारिस गरिएको छ। उक्त मूल्य गतवर्षको भन्दा करिब २ सय रुपैयाँले बढी हो। गतवर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्न्टिल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गरेको थियो।

अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट उक्त समर्थन मूल्यसम्बन्धी निर्णय गरिने मन्त्रालयले जानकारी दिएको छ। चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा गहुँ, धान, मकै, दूधलगायत कृषकका उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने उल्लेख गरिएको छ। सोही अनुसार मन्त्रिपरिषद्ले निर्णयबाट निर्धारण मूल्यमा किसानले आफ्ना उत्पादन बिक्री गर्नुपर्नेछ।

प्रकाशित: ११ फागुन २०७९ १५:०८ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast