काठमाडौँ उपत्यकामा बर्डफ्लु, भक्तपुरमा ११ हजार कुखुरा नष्ट

हिमाल प्रेस १० फागुन २०७९ २१:०६ | Wednesday, February 22, 2023
काठमाडौँ उपत्यकामा बर्डफ्लु, भक्तपुरमा ११ हजार कुखुरा नष्ट

काठमाडौँ- भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि बुधबार ११ हजार कुखुरा तथा चल्ला नष्ट गरिएको हो। बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा, दानालगायत नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ।

विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीनवटै फार्मका कुखुरामा बर्डफ्लु देखिएको बताए।

पशु सेवा विभागका चिकित्सक डा. श्रीजा वाग्लेका अनुसार कुखुरामा बर्डफ्लु भेटिएपछि बुधबार पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छि सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्ममा रहेका कुखुरा नष्ट गरिएको हो।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। रासस

प्रकाशित: १० फागुन २०७९ २१:०६ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast