कति जिल्लामा गरियो बर्डफ्लु नियन्त्रण?

हिमाल प्रेस २३ असार २०८३ १३:३५ | Tuesday, July 7, 2026
8
SHARES
कति जिल्लामा गरियो बर्डफ्लु नियन्त्रण?

काठमाडौँ- झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ। बर्डफ्लु संक्रामक रोग हो। पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो।

पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन।

रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता मुकुल उपाध्यायले जानकारी दिए।

रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो। हाल रोग नियन्त्रणमा आएपश्चात् ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ।

विभागका प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले रोग देखा परेको क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरिएको जाकारी दिए।

प्रकाशित: २३ असार २०८३ १३:३५ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast