पाँच दिनपछि बढ्यो सेयर बजार, परिसूचक २०८० बिन्दुमा

हिमाल प्रेस १० फागुन २०७९ १५:२४ | Wednesday, February 22, 2023
पाँच दिनपछि बढ्यो सेयर बजार, परिसूचक २०८० बिन्दुमा

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से) ३३.५७ अंकले बढेको छ। यसअघि लगातार घटेको बजार बुधबार छैटौँ कारोबार दिनमा बढ्दै परिसूचक २०८०.३८ बिन्दुमा पुगेको छ।

बुधबार २०४९.६५ बिन्दुबाट सुरु भएको बजारमा सामान्य उतारचढाव देखियो। कारोबार भएकामध्ये १६५ कम्पनीको मूल्य बढेको छ। लिबर्टी इनर्जी कम्पनी, छ्यांदी हाइड्रो र द्रोदीखोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

परिसूचक उकालो लागे पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन। बुधबार १ अर्ब ८० करोड ३२ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स र विकास बैंक उपसमूहको सूचकमा लगानीकर्ताको भीड देखियो।

प्रकाशित: १० फागुन २०७९ १५:२४ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast