दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच अनुदान

हिमाल प्रेस ९ फागुन २०७९ ८:०५
4
SHARES
दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच अनुदान प्रतीकात्मक तस्बिर।

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ।

गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो। उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो।

अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्यांक आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भनिन्, ‘किसानलाई प्रोत्साहान गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो।’

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने अध्यक्ष पाण्डेको भनाइ छ। गत आव २०७८/७९ मा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको छ।

गत वर्ष किसानले दुई लाख ५४ हजार दुई सय ३५ प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए।

‘गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले ३० हजार २६ लिटर दूधको जम्मा रु एक लाख ५० हजार एक सय ३० र साना किसान कृषि सहकारी संस्थाले २० हजार आठ सय २१ लिटर दूधको रु एक लाख चार हजार एक सय पाँच अनुदान लगेका छन्’, उनले भने।

प्रकाशित: ९ फागुन २०७९ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =