त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित

हिमाल प्रेस ८ फागुन २०७९ १७:०१ | Monday, February 20, 2023
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित बनेको छ। अध्यागमनको ‘सर्भर डाउन’हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा घण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ। ‘अध्यागमनको सर्भर डाउन हुँदा सवा घण्टा उडान सेवा प्रभावित भएको थियो। दिउँसो २:३५ देखि नियमित उडान भइरहेको छ,’ उनले भने।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो। उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए।

यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: ८ फागुन २०७९ १७:०१ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast