सेयर बजार लगातार ओरालो, परिसूचक २०४६ बिन्दुमा

हिमाल प्रेस ८ फागुन २०७९ १५:३० | Monday, February 20, 2023
सेयर बजार लगातार ओरालो, परिसूचक २०४६ बिन्दुमा

काठमाडौँ– पछिल्ला दिन सेयर बजार लगातार ओरालो लागेको छ। सोमबार २३.६० अंकले परिसूचक घटेको छ। पछिल्ला पाँच कारोबार दिनमा मात्रै नेप्से परिसूचक १३६ अंकले झरेको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारबारे राष्ट्र बैंक मौन बसेपछि लगानीकर्ता निराश देखिएका छन्। लगानीकर्ताले १२ करोडको सेयर कर्जा सीमा परिवर्तन बढाउनुपर्ने माग राखेका थिए। तर राष्ट्र बैंकले उक्त माग सम्बोधन गरेन।

सोमबार २०६९.६७ बिन्दुबाट सुरु भएको कारोबार २०४६.८१ बिन्दुमा पुगेर रोकिएको छ। सोमबार १७७ कम्पनीको मूल्य घटेको छ। ३२ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको स्थिर रह्यो।

सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो। हिमालयन डिस्टिलरी लिमिटेडको भने सबैभन्दा धेरै मूल्यको सेयर कारोबार भएको छ। हिमालयनको सोमबार २० करोड ८२ लाख मूल्यको सेयर कारोबार भयो।
मौद्रिक नीतिपछि सेयर कारोबार रकममा पनि कमी आएको छ। सोमबार १ अर्ब ९४ करोड रुपैयाँको कुल कारोबार भयो।

प्रकाशित: ८ फागुन २०७९ १५:३० | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast