डिना र कमल थापालाई हराउँदै राप्रपाका सिंह निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १३:५९
8
SHARES
डिना र कमल थापालाई हराउँदै राप्रपाका सिंह निर्वाचित

काठमाडौँ- मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन्। कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) र सूर्य चिह्नबाट लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै निर्वाचित भएका हुन्।

सिंहले २७ हजार ८१६ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी डिनाले २५ हजार ४२३ र राप्रपा नेपालका थापाले २५ हजार ४२० मत ल्याए।

यससँगै राप्रपाले प्रतिनिधिसभातर्फ देशभर तीन ठाउँमा विजयी हासिल गरेको छ । बाँके-२ मा धवलशमशेर राणा र जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =