प्रधानमन्त्री र रास्वपा सभापतिबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल

हिमाल प्रेस ८ फागुन २०७९ ११:५५ | Monday, February 20, 2023
प्रधानमन्त्री र रास्वपा सभापतिबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका छन्।
प्रधानमन्त्रीलाई भेट्न सभापति लामिछाने आज बिहान बालुवाटार पुगेका थिए।

भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। उनीहरूबीच राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनबारे छलफल भएको बताइएको छ। आसन्न राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमति गर्नुपर्ने अडान राखेको छ। यता रास्वपाले भने यसबारे प्रतिक्रिया दिएको छैन।

प्रचण्डले गृह मन्त्रालय लगायतका मन्त्रालय दिए रास्वपा सरकारमा जान तयार छ। यसविषयमा पनि प्रचण्डसँग छलफल भएको बताइन्छ। प्रचण्डको मन्त्रिपरिषद्मा सुरुवातमै उपप्रधानसहित गृह भएका लामिछाने सर्वोच्च अदालतका कारण बाहिरिएका थिए।

नागरिक ता सम्बन्धी रिटमा उनी अनागरिक भएपछि पद गएको थियो। त्यसपछि पनि उनी गृहकै लबिङमा थिए। तर प्रधानमन्त्रीले गृह दिन नसक्ने बताएका कारण रास्वपा सरकारबाट बाहिरिएको थियो।

प्रकाशित: ८ फागुन २०७९ ११:५५ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast