काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज (आइतबार) बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ।
प्रकाशित: ७ फागुन २०७९ १०:११ | Sunday, February 19, 2023
प्रतिक्रिया




