चितवनमा भेटियो गैँडाको अवशेष

हिमाल प्रेस ६ फागुन २०७९ ११:५८ | Saturday, February 18, 2023
चितवनमा भेटियो गैँडाको अवशेष

चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नं ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंडाको अवशेष भेटियो छ।

डिजिजन वन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सीमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवशेष भेटिएको हो।

गैंडा अन्दाजी ३ महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ। चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन्।

प्रकाशित: ६ फागुन २०७९ ११:५८ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast