ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ५ फागुन २०७९ १५:४२ | Friday, February 17, 2023
ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओलीलाई भेट्न प्रचण्ड उनकै निवास बालकोट पुगेका हुन्। उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायतको विषयमा छलफल भएको बताइएको छ।

सत्ता गठबन्धनभित्र एमालेले आफूले राष्ट्रपति पाउने सहमति भएको दाबी गरिरहेको छ। यता माओवादीले भने प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेससहितको दलको पनि मत पाएको भन्दै राष्ट्रिय सहमतिको कुरा उठाउँदै आइरहेको छ। यही विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद बढ्दो छ।

पछिल्लो समय सत्ता समीकरणमा आएको फेरबदलले ओली–प्रचण्डको सम्बन्ध चिसिएको छ। प्रचण्डलाई कांग्रेसले साथ दिएको कुरा ओलीले रुचाएका छैनन्। तर ओली-प्रचण्डले सात दलीय गठबन्धन बचाएर लैजानु पर्नेमा बताउँदै आएका छन्।

प्रकाशित: ५ फागुन २०७९ १५:४२ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast